धरान: सेवक अभियानको वृहत सरसफाई अभियान २ सय सप्ताह पुरा भएको छ । 

सेवक अभियानले प्रत्येक सोमबार धरानको विभिन्न स्थानमा सरसफाई गर्ने गरेको छ । सोही अभियानको आज सोमबार २ सय सप्ताह पुरा भएको अवसरमा सेवक अभियानले वृहत सरसफाई कार्यक्रम गरेको थियो । उक्त अवसरमा धरान ३ स्थित दुई धारेदेखि पिण्डेश्वर मन्दिरसम्म सरसफाई अभियान गरेको थियो । प्रमुख अतिथि रहेका उपमेयर अइन्द्रबिक्रम बेघाले सिट्टी फुकेर सरसफाई अभियानको उद्घाटन गरेका थिए ।

उपमेयर बेघाले धरानलाई स्वच्छ र सफा सहरकोरुपमा चिनाउन यस्तो अभियानले महत्वपुर्ण योगदान पुग्ने बताए । सोमबार पिण्डेश्वरमा धेरै भक्तजनहरु आउदा सरसफाई अभियानले सकरात्मक प्रभाव पर्ने पनि उपमेयर बेघाले बताए । सरसफाईका राष्ट्रिय अभियन्ता धिरेन्द्र साह (सिरहा) पनि उक्त अभियानमा सहभागी भएका थिए । 

sewak abhiyan1

सरसफाई अभियानमा दशौं पटक सहभागी भएको जानकारी दिदै उनले धरान सफा, सुन्दर र हरियालीको सहर भएको बताए । साथै उनले चेतनाको अभावले फोहोर यत्रतत्र फालेर कुरुप बनेको भन्दै यस्ता अभियानले जनतालाई जगाउने बताए । धरान अन्य सहरभन्दा धेरै सफा भएको भन्दै उनले फोहोर व्यवस्थापन केन्द्रको अभाव देखिएकोले स्थानीय सरकारले त्यता ध्यान दिनुपर्ने बताए । 

सेवक अभियानले यसअघि पनि धरानका विभिन्न स्थानका सडक, मठमन्दिर, गुम्बा, खोलानाला सबैतिर सरसफाई गरिसकेको बताए । उनका अनुसार पाथीभारा, बराहक्षेत्र, रामधुनी मन्दिर, छिन्नामस्ता मन्दिर, जानकी मन्दिर, सहलेस, गढीमाई, विराटनगर जोगवनी, भोजपुरमा पनि पुगेर सेवक अभियानले सरसफाई गरिसकेको छ । सरसफाई अभियानमा जानकी सामुदायिक टोल सुधार समिति, भूतपूर्व प्रहरी संगठन, फुलबारी आमा समुह, त्रिवेणी महिला समुह, एभरेष्ट वातावरण समुहलगायत पनि सहभागी भएको थियो ।

भिडियो: