धरान: रोटरी क्लब अफ धरान, रोटरी क्लब अफ फुटहिल र रोट्रायक क्लब अफ धरानको संयुक्त रुपमा पदस्थापना सम्पन्न भएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञानको अडिटोरियम हलमा मंगलबार साँझ भव्य समारोहबीच तीनवटै क्लबको पदास्थापना भएको हो । रोटरी क्लब अफ धरानको ४० औ पदस्थापना भएको हो भने रोटरी क्लब अफ फुटहिलको ५ औ र रोट्रयाक क्लब अफ धरानको २४ औं पदस्थापना भएको हो । क्लबहरुमा नयाँ नेतृत्व आए पछि अघिल्लो नेतृत्वले जिम्मेवारी हस्तान्तरण गरेका थिए भने क्लबका पदाधिकारीहरुलाई प्रमुख अतिथि डिस्ट्रिक गर्भनर रोटरियन राजेन्द्रमान शेरचनले सपथ ग्रहण गराएका थिए ।
रोटरी क्लब अफ धरान २४/२५का अध्यक्ष रोटरियन विनयलाल श्रेष्ठ चुनिएका छन् । यस्तै, रोटरी क्लब अफ फुटहिल २४/२५ की अध्यक्षमा अन्जु प्रधान चुनिएकी छिन् भने रोट्रायक क्लब अफ धरान २४/२५का अध्यक्ष शुभम शाक्य चुनिएका छन् । रोटरी क्लब अफ फुटहिल महिलाहरु मात्र आवद्ध भएको क्लब हो । रोटरी क्लबका अध्यक्ष श्रेष्ठ र फुटहिलकी अध्यक्ष प्रधान श्रीमान् श्रीमति पनि हुन् ।
धरानमा रोटरी क्लबको ४० वर्ष पुरानो ईतिहास रहेको र क्लबले समाजिक सेवामा निरन्तर योगदान गरिरहेको अध्यक्ष विनयलाल श्रेष्ठले बताए । क्लबको अध्यक्ष पदमा जिम्मेवारी पाएकोमा सबैलाई धन्यवाद दिदै उनले भने, 'पुरानो गौरबशाली ईतिहास बोकको यस क्लबको अध्यक्ष हुन पाउदा खुसी लागेको छ। सिग्नेचर प्रोजेक्टको रुपमा रहेको साईकल फन र साईकलक्रस माउण्टेन बाईक रेसलाई निरन्तरता दिदै रिसायकलिङ नामक नयाँ प्रोजेकट थप गरेर लाने योजना रहेको छ ।'
रोटरी क्लब अफ फुटहिलले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । विभिन्न ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य शिविर संचालन गर्दै आएको र यो वर्ष पनि महिला, बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने रोटरी क्लब अफ फुटहिलका अध्यक्ष अन्जु प्रधानले बताईन् । रोट्रयाक क्लब अफ धरानले विगतदेखिकै कामलाई निरन्तर दिने क्लबका अध्यक्ष शुभम शाक्यले बताए ।
रोटरी क्लबको माध्यमबाट समाजमा योगदान पुर्याएका रोटरियन ताराचन्द खेतान रोटरी क्लब अफ बिराटनर आर.आई डिस्ट्रिक ३२९२ लाई रोटरी क्लब अफ धरानले सम्मान गरेको थियो । साथै स्वास्थ्य क्षेत्रबाट योगदान पुर्याएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. विक्रम प्रदान श्रेष्ठलाई रोट्रायक अफ धरानले भोकेसनल एक्सिलेनस अवार्डबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिमा फस्ट लेडी रोटरियन सरोजनी शेरचन, अतिथिमा रोटरी क्लब अफ धरानका निवर्तमान अध्यक्ष शिवनन्द शाह, रोटरी क्लब अफ फुटहिलकी निवर्तमान अध्यक्ष रोटरियन डा रिता खड्का, रोट्याकका निवर्तमान अध्यक्ष रोजी श्रेष्ठलगायत रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य रोटरियन मुकेस अग्रवाल तोदीले गरेका थिए ।