धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) निकट रहेको स्वतन्त्र नागरिक समाज धरानको पुर्नगठन भएको छ।

धरान १० स्थित सैनिक भवनमा बिहिबार भएको भेलाले समीर तामाङको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा नतिजा लिम्बु, सचिवमा प्रेम श्रेष्ठ, सहसचिवमा सत्य घले गुरुङ र कोषाध्यक्षमा शर्मिला राई चयन भएका छन् । 

यसैगरि सदस्यहरुमा प्रसाद राई, करुण राई, लिला बुढाथोकी, ज्ञानु चाम्लिङ, सम्झना राई, सुनिता वडामा, मुना राई, स्पा केरुङ र मिलन राई रहेका छन् । बाँकी सदस्यहरु समाजको वडास्तरमा गठन भएको कार्यसमितिका अध्यक्षहरु पदेन सदस्यकोरुपमा रहने नवनिवार्चित अध्यक्ष तामाङले जानकारी दिएका छन् ।

swatantra copy

समाजको संस्थापक संरक्षककोरुपमा मेयर साम्पाङ रहेका छन् भने संरक्षक सल्लाहकार निवर्तमान अध्यक्ष दत्तकुमार लिम्बु, दिनेश राई, मीना सिंगक, शिव वान्तवा राई र कुन्दन राई चयन गरिएको छ । पुर्नगठन कार्यक्रमको उद्घाटन समारोह समाजका संस्थापक संरक्षक एवं मेयर साम्पाङको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष दत्तकुमार लिम्बु, सचिव हस्तराज लिम्बु, दिनेश राई, पुनमकला राई र तर्क मगरलाई सम्मान गरिएको थियो ।

swatantra4 copy

नवनिवार्चित अध्यक्ष तामाङले श्रमअभियान, विकास निर्माणमा सहभागिता र नेतृत्वसँगै समाजमा व्यप्त विकृति, विसंगति र भ्रष्टचारविरुद्ध निरन्तर खबरदारी र आवाज उठाउने बताए । अन्य राजनीतिक दल, संघसंस्थाहरुसँग एजेण्डा हेरेर सम्बन्ध कायम गर्ने र द्धन्द बढाउने नभै समन्वयकारी भुमिका निर्वाह गर्ने पनि उनले बताए । 

भिडियो:

भिडियो:

भिडियो:

भिडियो: