धरान: महिला उधमीलाई प्रोत्साहन गर्ने उद्देश्यले धरानमा पहिलो पटक महिला उधमी प्रदर्शनी २०८१ यही भदौ १३ गतेदेखी धरानमा हुने भएको छ 

सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा पहिलो पटक महिला प्रदर्शनी सन्चालन गर्न लागिएको हो । तिन दिनसम्म सन्चालन हुने प्रदर्शनीमा स्थानिय उत्पादनका बिभिन्न ४५ वटा स्टलहरु रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रदर्शनीमा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा  राखिने संघका सचिब महेन्द्र प्रधानले बताए। महिला उधमिहरुलाई प्रोत्साहन गर्दै स्थानिय उत्पादनलाई प्रबर्द्दन गर्न पहिलो पटक प्रदर्शनी आयोजना गर्न लागिएको संघका अध्यक्ष बिजय श्रेष्ठले बताए ।

उक्त प्रदर्शनीको कोसी प्रदेशका राज्यमन्त्री सिर्जना राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनी अवधिभर करिब १५ लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ । यस्तै, करिब १० हजारले प्रदर्शनीको अवलोकन गर्ने आयोजकको अनुमान छ ।