धरान: छुरा प्रहारबाट एक बालिकाको ज्यान गएको छ भने एक महिला गम्भिर बनेकी छन् ।

आज बिहान छुरा प्रहारबाट मृत्‍यु हुनेमा धरान-३ माछा भौडीकी १४ बर्सिया युजिन शाही रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । छुरा प्रहारबाट गम्भिर बनेकी मृतक युजिनकी आमा ३७ बर्सिया सृजना शाहिको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने बबिन बराललाई इप्रका धरानले नियन्त्रणमा लिएको छ । बराल सृजना शाहिको बहिनी ज्वाँई भएको बुझिएको छ । माछाभौडि स्थित युनिसा मोबाइल सेन्टरमा बसिरहेको समयमा पौने १२ बजेको समयमा आमा छोरीमाथि बरालले एक्कासी आक्रमण गरी छुरा प्रहार गरेका थिए । घटना घरायसी बिबादका कारण भएको हुन सक्ने प्रहरीले घटनाको प्रारम्भिक जानकारी दिएको छ ।

*प्रहरीले जानकारी दिएको आधारमा समाचारमा उल्लेख भएको मृतकको नाम फरक परेकोले सच्याइएको छ ।