मोरङ: बिराटनगर महानगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले भाद्र ३१ गते समातेका ४ जना मध्ये २ जना धरानका छन् । राती साढे ८ बजे इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले बिराटनगर-१७ मण्डा पोखरीस्थितमा संकास्पद अवस्थामा रहेको को २ च ७५९ नम्बरको स्कार्पीयो गाडी चेकजाँच गरेको थियो । त्यसक्रममा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा १४६ किलो ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

लागुऔषध गाँजा बरामद भए संगै गाडी चालक सुनसरी धरान-१७ का ४५ बर्षीय सुक्षिम राई र गाडीमा सवार धरान-११ का ४६ बर्षीय देवराज राईलाई समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, बिहान साढे १० बजे बिशेष सुचनाको आधारमा सोही टोलीले बिराटनगर-१५ स्थितमा संकास्पद अवस्थामा बा८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भएको थियो ।

उक्त कार चालक बिराटनगर-१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर-१३ का २२ बर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।