धरान: फुस्रे सेवा समाज धरानको आयोजनामा एक दिने निःशुल्क आँखा जाच शिविर सम्पन्न भएको छ ।

शिद्देश्वर महादेब मन्दिर समिति, पब्लिक माबिको सहयोग तथा बिजयपुर हस्पिटल प्रालि धरानको प्राबिधिक सहयोगमा  शनिबार उक्त शिविर भएको हो । धरान १३ फुस्रेस्थित पब्लिक स्कुलमा शिविर सम्पन्न भएको हो । शिबिर बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म सन्चालन भएको थियो । 

शिबिरमा १ सय ७९ जनाले निःशुल्क जाँच गरेको समाजका सदस्य मनोहर श्रेष्ठले जानकारी दिए । ती मध्ये १ सय १५ जना महिला थिए । शिविरमा जेष्ठ नागरिक, बालबालिका लगायतको निःशुल्क आँखा परिक्षण गरिएको समाजले जनाएको छ । आँखा परिक्षणको क्रममा मोतियाबिन्दु, आँखा एलर्जीलागायतको समस्या पाइएको श्रेष्ठले बताए । 

आर्थिक अवस्था कमजोर भएका र आँखा अस्पतालसम्म पुग्न नसक्ने स्थानियहरुको लागि शिबिर सन्चालन गरिएको अध्यक्ष महेन्द्र प्रधानले जानकारी दिए । करिब दुई हप्ता अघिमात्र फुस्रे सेवा समाजको स्थापना भएको थियो ।