धरान: विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजबाट नदीमा खसेको छ ।

को १ ख  ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोशी नदीमा खसेको हो । सुनसरीका सिडियो रामचन्द्र तिवारीका अनुसार गाईघाट जाँदै गरेको बस नदीमा खसेको र २० जनाको उद्दार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलीनसकेको सिडियो तिवारीले बताए । 

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको र आफू पनि पुग्न लागेको तिवारीले बताए । घटनाको विस्तृत विवरण पछी आउने पनि उनले बताए ।