धरान: तीन दिनदेखि अविरल परेको बर्षाको कारण कोशी ब्यारेजमा पानीको सतह अत्यधिक भइ खतराको संकेत पार गरेको छ ।

खतराको संकेत पार गरेपछि प्रशासनले ब्यारेजको पुलबाट मानिस तथा सवारी साधन आवतजावत बन्द गरेको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जरुरी सूचना जारी गर्दै सुरक्षाको लागि आज दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको जनाएका छन् ।

प्रशासनले अत्यावश्यक कामको लागि वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरेको छ ।