धरान: असोज ११ गतेदेखि १३ गतेसम्म लगातार परेको वर्षा र पहिरोको कारण कोशी प्रदेशमा १४ जनाले ज्यान गुमाएका छन् भने ८ जना बेपत्ता र १३ जना घाइते भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोको कारण धनकुटाको पाख्रीबास ५ कि ३२ बर्षकि आशा तामाङ र ५० बर्षीय रामकुमारी तामाङको मृत्यु भएको थियो । यस्तै, पाँचथरमा फिदिम ४ मा २४ बर्षीय सपना शेर्पा, ६ बर्षीय डोल्मा शेर्पा, फिदिम १ मा ५० बर्षका गोपी विश्वकर्मा, फिदिम २ का रन्जना राई र फिदिम ८ का ८२ बर्षीय पशेम्बा शेर्पाको पनि पहिरोले पुरेर मृत्यु भएको थियो ।

यसैगरि इलामको माई नगरपालिका ८ मा ६८ बर्षका मैतबहादुर लिम्बुको खोलाले बगाएर मृत्यु भएको थियो भने सोलुको दुधकुन्ड नगरपालिका १० मा पहिरोले ३३ बर्षीय कविता मगर, २४ बर्षीय रुपु मगर, वडा २ मा २३ बर्षकी ल्हमु शेर्पा, वडा ९ मा २३ बर्षीय ल्हामु शेर्पा, वडा ९ मा अन्दाजी २८ बर्षकी रिना तामाङ र उदयपुरको रौतामाई गाउँपालिका १ मा १५ बर्षकी हिसिला तामाङको पनि पहिरोले पुरेर मृत्यु भएको प्रदेश प्रहरीले जानकारी दिएको छ 

पहिरो र खोलाले ८ जना बेपत्ता 

कोशी प्रदेशमा तीन दिनको लगातारको वर्षा, बाढी र पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । 

प्रहरीका अनुसार पाँचथरको फिदिम १ मा पहिरोले ५५ बर्षका धनकुमार तुम्बापो, ५१ बर्षका कृष्ण दास, ४१ बर्षका कमला दास, २१ बर्षकी सरस्वता तुम्बापो बेपत्ता भएका छन् भने फालेलुङ गाउँपालिका ४ मा ३६ बर्षीय कमला राईलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।

IMG-20240929-WA0034