धरान: कोशी प्रदेशमा केही दिन भारी वर्षा हुने सम्भावना भएकोले उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीके अत्यन्त जरुरी सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । प्रशासनले अति आवश्यक काम भन्दाबाहेक यात्रा नगर्न, नदि खोला किनार जस्ता जोखिमयुक्त क्षेत्रहरुमा नजान तथा बाढी पहिरोजन्य विपदबाट वच्न र बचाउन उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जल तथा मौसम बिज्ञान विभाग, मौसम पुर्वानुमान महशाखाका अनुसार कोशी प्रदेश लगायत केही क्षेत्रमा आगामी केही दिन भारी वर्षा हुने सम्भावना रहेको छ । अहिले धरानलगायत कोशी प्रदेशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।