धरान: धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ ।

पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभरबाट सहभागि हुने आयोजकले जनाएको छ । धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाण्डौ, वुटवल लगायतवाट ५ हजार भन्दा बढि विद्यार्थीहरु फेस्टमा प्रतिस्पर्धा गर्न तथा अवलोकनका लागि सहभागि हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले जानकारी गराए । 

आइटि शिक्षाको पर्वद्धन, महत्व, अवसर र आइटिका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि एसेस टेक फेस्टको आायोजनाको सुरुवात गरिएको अध्यक्ष नेपालले बताए । फेस्टमा आइटि विद्यार्थीहरुले आफ्नो विभिन्न प्रोजेक्ट सो गर्नेछ । प्रोजेक्ट सो हेर्न तथा अवलोकन गर्न धरानका विभिन्न विद्यालयबाट विद्यार्थीहरु आउने गरेका छन्। आइटि फिल्डमा लाग्ने विद्यार्थीहरुको लागि यो उपयोगि हुने अध्यक्ष नेपालले बताए । यस संगै फेस्टमा इन्र्टन विद्यार्थीहरुद्धारा प्रस्तुत गरिएको प्रोजेक्ट सो हेर्न विभिन्न कंपनीका प्रतिनिधिहरु आउने गरेको र विद्यार्थीको क्षमता हेरेर जव अफर समेत गर्ने गरेको उनले बताए । फेस्टमा आइटि सम्वन्धि विभिन्न स्टल समेत रहने छ ।

ह्याकेथन कम्पिटिसन विजेतालाई १ लाख ८० हजार पुरस्कार

 फेस्टमा आकर्षणको रुपमा ह्याकेथन कम्पिटिशन रहेको छ । ह्याकेथन कम्पिटिसनमा पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख ८० हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । कम्पिटिसनमा देशभरका ३५ भन्दा वढि टिमले सहभागिता जनाउने एसेसका जनसम्पर्क प्रमूख अमोघ भट्टराईले जानकारी गराए ।

यससंगै फेस्टमा एआर वघण्ड, क्याप्चर द फ्ल्याग, युआइ युएक्स डिजाइन, गुगल मेस्ट्रो, गेम फेस्टिभल लगायत कम्पिटिसन हुने आयोजकले जनाएको छ । कम्पिटिसनका सवै टिम तथा खेलाडिले नगद पुरस्कार गिफ्ट ह्म्पर र प्रमाणपत्र प्राप्त गर्नेछन् । फेस्ट विहान १० वजे देखि साझ ५ गतेसम्म हुनेछ । समापनमा भने सांगीतिक कार्यक्रम समेत हुने जनसम्पर्क प्रमूख भट्टराईले जानकारी गराए ।