धरान: धरान ३ स्थित कैलाश पथमा एक सुनचादी व्यवसायीले श्रीमति हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

जानकी ज्वेलर्सका सन्चालक अमृत रसाईलीले श्रीमति सम्झनाको हत्या गरेका हुन् । खुकुरी प्रहार गरेपछि अमृत आफैं प्रहरीमा गएका थिए । अमृत र सम्झनाका नावालक एक छोरा र एक छोरी छन् । उनीहरूको विजोग हुने भन्दै आफन्तहरु चिन्तित छन् ।

आपसी पारिवारिक कलहले उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय एवं आफन्तका अनुसार दुवै जना डिभोर्स गर्ने सल्लाह गरेर आज अदालत जाने तयारीमा थिए । दिउसो करिब १२ बजेतिर ज्वेलर्सको सटर लगाएर कोठाभित्र पसेका थिए । एक्कासी ज्वेलर्सको कारखानामा काम गर्ने उनीहरूका भान्जा चिच्याउदै निस्केपछि घटनाबारे सबैले थाह पाएका थिए । प्रहरीले लाशको मुचुल्का उठाएर पोस्टमार्टमको लागि bpkihs को मर्चरीमा लगेको छ ।