धरान : बरगाछी महिला समूह धरान ८ सुनसरीकाे तेस्राे बार्षिक साधारण सभा लाङ्घाली सामुदायिक बनमा सम्पन्न भएकाेछ ।
समुहकाे साधारण सभाले उषा थापा क्षेत्रीकाे अध्यक्षमा ११ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित गरेकाे छ । समुहकाे उपाध्यक्ष लिला कुमारी रेग्मी, सचिवमा सुदिपा मिश्र,वसहसचिव पम्फा कठायत र कोषाध्यक्षमा केशु रायमाझी चयन भएका छिन् । समुहका सदस्यहरुमा सुमिका दाहाल , उर्मिला पोखरेल, सीता राई, पूनम श्रेष्ठ, गीता भट्टराई, सुनिता बि. क. चयन भएका छन् ।
बरगाछी महिला समुह धरान ८ मा रहेका दिदिबहिनीहरुलाई संगठित गर्दै क्षमताविकास तथा आर्थिक सशक्तीकरणका लागि काम गर्दै आएकाे निवर्तमान अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । तेस्राे वार्षिक साधारण सभाका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा ८ का अध्यक्ष धन बहादुर राईले अन्य ठाउँकाे महिला समुहहरु भन्दा याे समूह सक्रिय रहेकाेमा प्रसंशा गरे । साथै वरगाछी महिला समूह सक्रिय भएकैले तालिमहरु वडाबाट उपलब्ध गराएकाे र फेरि पनि बजेट छुट्टाउने प्रतिवद्द्ता जनाए ।
कार्यक्रममा ४१ जनालाई संस्थाकाे आजिवन सदस्यता वितरण गरिएकाे थियाे ।