धरान: ईलाका प्रहरी कार्यालय धरानले गएराती हवाई फायर गरि ठुलो परिमाणमा लागुऔषध गाजासहित एक व्यक्ति पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा गएराती १२ बजेर ३० मिनेटमा धरान वडा २० चिमफुले खोलाबाट लागू औषध ९गाँजा० ओसार(पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरी टोली परिचालित भएको थियो । प्रहरीले विष्णुपादुकाबाट रेल्वे तर्फ आउने जंगलको भित्री पैदल बाटो हुँदै भरियाहरु आउदै गरेको फेला पारेको थियो ।

प्रहरीले उनीहरुलाई रोकेर चेकजाँच गर्न खोज्दा बोकेको भारीहरु छोडेर जंगल तर्फ भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीले त्थ्एभ् छद्ध पेस्तोलबाट तिन राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले हवाई फायर गरि धनकुटा साँगुरीगढी नगरपालिका वडा नं. ९ का ४३ बर्षीय हरि कुमार राईलाई नियन्त्रणमा लिएको जनाएको छ।

वरामद गरेको बोरा खोलेर चेकजाँच गर्दा ९ ९नौ० वटा बोरामा प्लास्टिक सहित २३० के।जी। र प्लास्टिक बाहेक २२५ के।जी। लागु औषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।  पक्राउ परेकालाई थप अनुसन्धान र अन्य फरार भएका भरियाहरुको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।