धरान: ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका तीन महिला सम्मानित भएका छन् ।

धरान उपमहानगरपालिका र महिला सञ्जाल धरानद्धारा शनिबार कार्यपालिका हलमा संयुक्तरुपमा आयोजित कार्यक्रममा तीन क्षेत्रका महिलाहरुलाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा कृषि क्षेत्रमा योगदान पुर्याएकी धरान ४ मनुवाटारकी कृषक योजना राई सम्मानित भएकी छिन् । 

यस्तै, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको कदर स्वरुप स्वास्थ्य स्वयम्सेविका धरान ७ की आशा मोक्तानलाई सम्मान गरिएको छ भने शिक्षा क्षेत्रमा योगदान पुर्याएकी शारदा नमुना बालिका माविकी पुर्वप्रअ नारायणदेवी श्रेष्ठलाई सम्मान गरिएको हो । सबैलाई जनाही नगद ५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सञ्जालकी अध्यक्ष सावित्री इवारम र कार्यक्रमका प्रमुख अतिथि एवं उपमेयर अइन्द्रबिक्रम बेघाले सम्मान गरेका थिए । 

mahila sanjal2 copy

सोही कार्यक्रममा महिला सञ्जालकी पुर्वअध्यक्ष सविता राईलाई साथी अवार्डबाट सम्मान गरिएको थियो । उनलाई एकल महिलाहरुको अधिकार स्थापित गर्न साथै छहारी भवन निर्माण गर्न योगदान पुर्याएको कदर गर्दै सम्मान गरिएको सञ्जालकी अध्यक्ष इवारमले जानकारी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बेघाले महिलाहरुलाई सदियौंदेखि भइरहेको विभेद अन्त्य गर्न जरुरी रहेको बताए । साथै उनले उपमहानगरपालिकाको बजेट लैंगिकमैत्री एवं समावेशी बनाउन पहल भइरहेको पनि बताए । 

mahila sanjal3 copy

यस्तै, पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीले महिलाहरु निर्णायक तहमा पुगे मात्र परिवर्तन सम्भव भएको धारणा व्यक्त गरिन् । भौतिक सरचनालाई मात्र विकास मान्ने मान्यतालाई हटाएर सामाजिक विकास तथा सभ्य, सचेत र सक्षम नागरिक बनाउने विकासको पाटोलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताइन् ।

कार्यक्रममा महिला भातृ संगठनहरुको तर्फबाट नेपाली कांग्रेस नगर कोषाध्यक्ष पञ्चकला राईले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । सञ्जालकी अध्यक्ष सावित्री इवारमको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक सृर्जना नेपालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्जालकी सचिव इन्द्रकला राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

mahila sanjal1