धरान: ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण आज (शनिबार) देखी धरानमा सुरु भएको छ ।
किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित यलम्बर सग्राहलय भवनको सभाहलमा प्रशिक्षण सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ सस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गीता राईले जानकारी दिइन् ।
प्रशिक्षण कार्यक्रमको सहजीकरण किरात प्रज्ञा परिषद्का सदस्य एवं किरात सिरिजङ्गा लिपि कार्यदल सदस्य गणेश वाम्बुले राईले गरिरहेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्र विक्रम बेघाले गरेका थिए ।
कार्यक्रममा बोल्र्दै प्रमुख अतिथी बेघाले सबै जातीको भाषा, धर्म, सस्कार, सस्कृतिको सरक्षण गर्ने दायित्व तीनै तहको सरकारको भएको बताए । लामो समय जनताको त्याग बलिदानीबाट लडेर आएको अधिकारलाई सरक्षण गर्दै लानुपर्ने बताए ।
यस्तै, किराया सुनसरी अध्यक्ष राजेन्द्र राईले भाषा बोले पनि लिपि नबुझ्दा भाषा लोप हुने अवस्था रहेका बताए । उनले पुस्तानतरण गर्दै लानको लागि लिपि बुझ्नु जरुरी रहेको भन्र्दै प्रशिक्षण कार्यक्रममले भाषा, सस्कृतिको जगेर्नामा ठुलो सहयोग पुग्ने बताए । उनले धरान उपमहानगरले जातीय सस्थाहरुलाई बजेट विनियोजन गर्दा जनसख्याको आधारमा गर्नुपर्ने सुझाब समेत दिए ।
किरात सिरिजङ्गा लिपिको बारेमा समुदाय स्तरसम्म ज्ञान प्रदान गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको किराया धरान नगर समितिका अध्यक्ष लिला राईले बताइन् । सामान्य रुपमा भाषा बोलेपनि लिपि नबुझ्दा पुस्तान्तरणमा समस्या भएको उनको भनाई थियो ।