धरान: धरान ६ पानवारीस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा एक महिलाको शव फेला परेको छ । 

सोमबार दिउँसो करिब साढे १२ बजे फेला परेको शवको राती १० बजेसम्म पनि सनाखत हुन सकेको छैन । शवको पहिचान नखुलेपछि प्रहरीले तस्बिर सार्वजनिक गर्दै पहिचानको लागि सहयोगको अपिल गरेको छ ।

प्रहरीका अनुसार आवश्यक प्रक्रिया पुरा गरेर शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । 'सम्पुर्णं कानूनी प्रक्रिया पुरा गरि थप अनुसन्धान कार्य भइरहेको, हालसम्म उक्त शवको पहिचान नभएकोले उक्त शवको पहिचानको लागि सहयोग गरी दिनु हुन, नजिकैको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरहरुमा सम्पर्क गरी जानकारी गराइ सहयोग गरीदिन हुन अनुरोध गर्दछौं,' जिल्ला प्रहरी कार्यालयको अपिलमा भनिएको छ । 

प्रहरीका अनुसार मृतक करिब ३०/३२ बर्षकी मंगोलियन जस्तो देखिने वर्णकी छिन् । नाकमा नत्था र कानमा टप लगाएकी छिन् भने माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी छिन् । साथै, हातमा बोलानो घडी र सेतो बाला, सेतो खैरो कलरको जुत्ता भएको हुलिया पनि प्रहरीले सार्वजनिक गरेको छ । घटना हत्या वा आत्महत्या भन्नेबारे सुक्ष्मढंगले अनुसन्धान शुरु भइसकेको पनि प्रहरीको भनाई छ ।