धरान: सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि सोमबार शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन उपसमितिका अनुसार बिहान ८ बजेदेखि शुरु भएको मतदानमा अपराह्न ५ बजेसम्म कुल २३४० मत खसेको छ । *जम्मा खसेको मतमध्ये वाणिज्यतर्फ १३९९ मत रहेको छ भने उद्योगतर्फ ७८७ मत खसेको छ । यस्तै, एशोसिएटतर्फ १३३ र बस्तुगततर्फ २१ मत खसेको पनि निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचनमा कुल मतदाता संख्या भने २९०७ रहेको थियो । ती मध्ये वाणिज्यतर्फ १७८४, उद्योगतर्फ ९६२, एशोसिएटतर्फ १४० र बस्तुगततर्फ २१ मतदाता रहेका थिए । मतदान समाप्त भएपछि मतसंख्या विवरणसहित अध्यक्षका उम्मेद्वारद्धय गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठसमेतले मतपेटिका शिलबन्दी मुचुल्का गरेर राखिएको छ । मतगणना भने भोली (मंगलबार) बिहान ८ बजेदेखि शुरु गर्ने सहमति भएको संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष पदका प्रत्यासीद्धय गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले आआफ्नो समुह नै बनाएर निर्वाचनमा होमिएका थिए । गोपाल श्रेष्ठ समुहबाट उद्योगतर्फ कृष्ण प्रसाद पाठक, प्रभाव खतिवडा, बिष्णु बराल र महेन्द्र प्रधान उम्मेदवार छन् । यस्तै, बाणिज्यतर्फ अनिल अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य ९प्रमोद० उम्मेदवार छन् भने वाणिज्य महिलातर्फ वर्षा अग्रवाल उम्मेदवार छन् । एशोसिएटतर्फ अशोक जैन, मनिष अग्रवाल र ललितकुमार अग्रवाल उम्मेदवार छन् ।
यस्तै, अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ समुहबाट वाणिज्यतर्फ अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाई र सीताराम आचार्य उम्मेदवार छन् भने वाणिज्य महिला तर्फ ममता शाक्य उम्मेदवार छन् । यस्तै, उद्योगतर्फ उमेश अग्रवाल, खड्ग बहादुर बस्नेत (राजु) र शिवनन्द साह उम्मेदवार छन् भने एशोसिएटतर्फ राजु साह र राजेश अग्रवाल उम्मेदवार छन् ।
*यसअघि समाचारमा खसेको मत सबै सदर भनिएकोमा सच्याइएको छ, र क्षमाप्रार्थी छौं । स.