धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप १८ टिमले सहभगिता जनाउने भएको छ ।
प्रतियोगिता बिहिबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल तेस्रो संस्करणका विजेता सियोन स्कुल र उपविजेता प्रभात स्कुलबीच हुने भएको छ । प्रतियोगिताको खेल तालिका प्रतियोगिताको प्राविधिक सहयोगी सुनसरी बास्केटवल संघको मातहतमा आयोजक कमिटी र सहभागी टिमका प्रतिनिधिहरुको उपस्थितिमा मंगलबार तयार गरिएको थियो ।
साउन १९ गतेसम्म सम्पन्न हुने प्रतियोगितामा आयोजक टिमसहित इस्ट होराइजन बोर्डिङ्ग स्कुल झापा, ग्रीनफिल्ड वल्र्ड स्कुल झापा, लिटल फ्लावर स्कुल झापा, हिमशिखर स्कुल तरहरा, पुर्वाञ्चल बोर्डिङ्ग स्कुल तरहरा, प्यारडाइस बोर्डिङ्ग स्कुल तरहरा, माउण्ट हर्मन स्कुल, कार्मेल स्कुल, व्राइट फ्युचर स्कुल मोरङ, समिट स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा स्कुल, दिल्लि पव्लिक स्कुल, आइडल स्कुल, प्रभात स्कुल, सियोन स्कुल र धरान मेघा हिमालयन स्कुलले सहभागिता जनाएको छ ।
प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि, हाइ स्कोर र प्रत्येक खेलको म्यान अफ द म्याच उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्ने आयोजक डिपो स्कुलका प्राचार्य राजकुमार राईले जानकारी गराए ।
प्रतियोगिता डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा हुन लागेको हो । डिपो स्कुलको भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर विकास गर्न लामो समय नेतृत्व गरेका दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृति तथा सम्मानमा यो प्रतियोगता हुदै आएको छ । प्रतियोगितगा विगत चार वर्ष देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको प्रतियोगिता संयोजक डिपो स्कुलका व्यवस्थापन समिति सदस्य खड्कसमशेर लिम्वुले बताए ।