धरान: विजयपुर दरबार क्षेत्रको मुन्धुमीस्थलमा राखिएको वाबु अज्ञात समुहले तोडफोड गरी क्षति पुर्याएपछि नयाँ स्थापना गरिएको छ। 

किरात राई यायोक्खा धरान उपमहानगर समिति र वडा नं १३ कार्यसमितिले नयाँ वाबु निर्माण गरेर बुधबार स्थापना गरेको हो । यायोक्खाको ३८ औं स्थापना दिवसको अवसर पारेर अघिल्लो दिन वाबु स्थापना गरिएको यायोक्खा धरानले जनाएको छ । साउन २२ गते बिहिबार यायोक्खाको स्थापना दिवस हो । किरात राईहरुको सँस्कारमा अतिआवश्यक हुने साँस्कृतिक सामग्री वाबु (चिण्डो) पछिल्लो समय राई जातिको पहिचानको प्रतिककोरुपमा पनि मानिदै आएको छ ।

भिडियो:

विगतमा दाताले बनाइदिएर राखिएको वाबु तोडफोड भएपछि नयाँ स्थापना गरिएको यायोक्खा धरानकी उपाध्यक्ष लक्ष्मी राईले बताइन् । उनले चार किरात संस्थाहरुबीच विगतमा भएको सहमतिकै आधारमा राईहरुको पहिचानको प्रतिक वाबु स्थापना गरिएको पनि बताइन् । 

ऐतिहासिकस्थलमा राखिएको सास्ँकृतिक सामग्रीहरु तोडफोड नगर्न आग्रह गर्दै उपाध्यक्ष राईले सुरक्षाको लागि ईलाका प्रशासन, इलाका प्रहरी कार्यालय र नगर प्रमुखसँग पनि माग गरिएको बताइन् । साथै उनले सुरक्षाको लागि उक्त स्थानमा सिसिटिभीको प्रबन्ध गर्नेबारे नगर प्रमुखसँग पनि छलफल भएको जानकारी दिइन् ।

wabu4 copy

wabu3 copy

wabu copy

wabu6 copy