धरान: सातौं अन्तर भूपू समिति ब्याटमिन्टन प्रतियोगीता २०२५ सम्पन्न भएको छ ।
भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय धरानको आयोजना, नेपाल एस बि आई बैंक र एभरेष्ट बैंकको सहकार्यमा आयोजित प्रतियोगिताको फाईनल खेल बुधबार सम्पन्न भएको हो । प्रतियोगिता ४ अगष्ट (सोमबार)देखि ६ अगष्ट (बुधबार)सम्म आयोजना भएको थियो । उक्त प्रतियोगीतामा १२ भूपू संघ, पीपीओ टिमसहित ११० टिमले भाग लिएका थिए ।
प्रतियोगीतामा ८३ वर्षीय जे सि-११५८९२ एक्स सुबेदार हस्त बहादुर लिम्बुले पनि सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेता उपबिजेताहरुलाई अथितिहरुले मेडल बितरण गरेका थिए । खेलमा सहभागी ८३ वर्षीय जे सि(११५८९२ एक्स सुबेदार हस्त बहादुर लिम्बुलाई “सुपर भेटेरेन मेडल” प्रदान गरिएको थियो ।
भारतीय भू पू सैनिक तथा तिनका आश्रितहरुमा आधारित प्रतियोगिताको समापन समारोहमा नेपाल अनुसन्धान विभाग धरानका डिआईजी ईन्द्र सिंह लामा, नेपाल प्रहरीका एसएसपी एसके श्रेष्ठ अतिथिकारुपमा रहेका थिए । अतिथिहरुलाई पेन्सन वितरण कार्यालय, धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाले स्वागत गरेका थिए । भारतीय भू पू सैनिक तथा परिवारहरुमा शारिरीक, मानसिक र स्वास्थ्य रहन साथै एकापसमा नजिकीने वातावरण हुने भएकोले प्रतियोगीता आयोजना भइरहेको मेजर कनोनियाले बताए ।
फाईनल खेल हेर्न मेजर कनोजियाकी धर्मपत्नी पुनम कनोजिया, मेडिकल अफिसर मेजर सामी सुवर्ण, नेपाल पुलिस स्कूलका कमाण्डेन्ट ईन्सपेक्टर एसके हायु, प्रिन्सिपल मोनिका सुब्बा, नेपाल एसबीआई शाखा प्रबन्धक, एभरेष्ट बैंकका शाखा प्रबन्धकलगायत पनि उपस्थिति जनाएका थिए ।