धरान: धरान २० ओशो र श्रमसँस्कृति पार्क नजिकै रहेको जंगलबाट प्रहरीले लागुऔषध गाँजासहित ५ नजना युवाहरु पक्राउ परेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । कालो प्लास्टिकको पोका भित्र बोरामा ६ वटा पोका पारेको अवस्थामा गाँजा जस्तो देखिने ७२ केजी वरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा धरान २० का ३० बर्षीय रुपेश राई, २८ बर्षीय मिलन राई, २५ बर्षीय रञ्जित राई र धरान १३ का ३१ बर्षीय सन्तोष राई छन् । यस्तै, धनकुटाको सहिदभुमी गाँउपालिका वडा नं ३ घर भई हाल इटहरी वडा नं १० बस्ने ३४ बर्षय प्रदिप राई पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान कार्य गरिरहेको पनि जिल्ला प्रहरीले जानकारी दिएको छ ।