धरान: हिजो आइतबार दिउँसो धरान १ मा स्कुटरले ठक्कर दिएर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा निधन भएको छ ।
प्रहरीका अनुसार आइतबार धरानको वडा नं १ उद्योग वाणिज्य संघस्थित भित्री पक्की सडकमा दिउँसो करिब ३ बजे स्कुटरले महिलालाई ठक्कर दिएको थियो । भेडेटारबाट भानुचोकतर्फ जादै गरेको बागमती प्रदेश ०२-०१८ प ६५२४ नम्बरको स्कुटरले पैदलयात्री वडा नं १ की ५८ की सरिता बिकलाई ठक्कर दिएको थियो ।
घाइते बिकलाई उपचारको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । टाउकोमा चोट लागेर गम्भीर अवस्था भएकी विकलाई विपी प्रतिष्ठानले थप उपचारको लागी विराटनगर रेफर गरेको थियो । उनको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
स्कुटर चालक इटहरी ४ का १८ बर्षीय चिरञ्जिवि गुरुङ र स्कुटरलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा राखेको जनाएको छ ।