धरान: सर्दु खोलामा भेटिएको शवको पहिचान खुलेको छ ।
मृतक धरान वडा नं १७ उज्वल मार्ग निवासी युवा तुफान सुनुवार भएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनले भने,‘मृतक हाम्रै वडाको भाई रहेछ, पुष्टि भइसक्यो ।’ उनका अनुसार छिमेकी समेत रहेका पर्वत सञ्जेलमार्फत मृतकको पहिचान खुलेको हो । आज बिहान वडा नं २० र ११ को सिमाना रहेको सर्दु खोलामा सुनुवारको शव फेला परेको थियो ।
छिमेकी सञ्जेलका अनुसार मृतकको बानी व्यवहोरा खराब केही पनि थिएन । झुम्का कारागारबाट मागेका कैदी साथीलाई वडा नं २० स्थित चिण्डे डाँडा पुर्याउन मृतक सुनुवार घरबाट हिडेको खुलेको पनि सञ्जेलले बताए ।
उनी चिण्डेतर्फ जादै गर्दा वा फर्कदा उक्त घटना के भएको हो भनेर छानबिन हुनुपर्ने माग पनि सञ्जेलले माग गरेका छन् । मृतक पेन्टिङको काम पनि गर्ने गरेको पनि उनले खुलाए ।
‘उनी सोझो थिए, कुलतमा पनि थिएनन्,’ उनले भने,‘कारागारबाट भागेका साथी पुर्याउन चिण्डेडाँडा गएको भन्ने परिवारबाट खुलेको छ । त्यसपछि केही थाह छैन, घटना शंकास्पद देखियो ।’