धरान: तिहारमा घर, चोक सबैतिर झिलिमिली बत्ति बालेर आकर्षक बनाइएको हुन्छ । तर धरानको वडा नं ९ स्थित गौतमपथ भने तिहारमा सबैको आकर्षणको केन्द्र बन्ने गरेको छ । 

बिगत तीन बर्षदेखि यहाँका व्यवसायीहरु मिलेर गौतमपथलाई झिलिमिली बत्ति हालेर बिशेष किसिमले सजाउने गरेका छन् । जसले साँझको बेला धरानको सबैभन्दा आकर्षक गन्तव्यकोरुपमा गौतमपथलाई स्थापित गरेको छ । धरानबाट मात्र होइन, छिमेकी नगरबाट पनि सोधीखोजी गर्दे गौतमपथ साँझको बेला घुम्न आउने गन्तव्य बनेको छ । टिकटक र रिल्स बनाउन, परिवारसँग घुम्न रातको बेला यहाँ घुइँचो नै लाग्छ । 

gautam path11 copy

गौतमपथलाई तिहारमा बेहुली झैं यसरी सिंगार्न पहल गर्ने प्रमुख व्यक्ति हुन्, कार्यपालिका सदस्य विकास भाटी । उनका अनुसार तीन बर्ष अघिदेखि तिहारमा गौतमपथलाई झिलिमिली बत्तिसहित आकर्षक बनाउन शुरुवात भएको थियो ।  ‘यो पटक पनि हामीले कार्तिक १ गतदेखि १० गतेसम्म गौतमपथ झिलिमिली तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्यौं,’कार्यपालिका सदस्य भाटीले भने,‘एकादशीसम्म नै राख्नुपर्छ भन्ने माग हुँदाहुदै पनि विविध कारणले हिजो (सोमबार) समापन गर्यौं ।’ 

गौतमपथलाई निकट भविष्यमा अझ व्यवस्थित हुने गरि काम गर्ने पनि उनले बताए । भाटीले थपे,‘विदेशतिर जुन सिस्टमले टोल, घरहरुलाई व्यवस्थित गरिएको छ, यहाँ पनि त्यस्तै झझल्को दिने गरि काम गर्दैछौं । तयारी पुरा भएपछि चाडै नै जानकारी गराउनेछु ।’

gautam path8 copy

गौतम पथ धरानको प्रमुख बजार क्षेत्र पनि हो । तिहारको बेला झिलिमिली बनाउन थालेपछि यहाँ धेरै घुम्न आउने र व्यापार, व्यवसायको पनि प्रर्वद्धन हुने गरेको स्थानीयको भनाई छ । झिलिमिली बत्ति साँझ ५ बजे बाल्न शुरु भएर राती ११ बजे बन्द गरिन्छ । यो अवधिभर बेलुका हाउजी कार्यक्रम पनि हुने गरेको थियो ।

बत्ति बन्द गरेपछि मात्र घुम्न आउनेहरु घर फर्कने गरेको स्थानीय व्यावसायी एवं जि.एस.फष्टफुडका सञ्चालक गोकुल अधिकारीले बताए । उनले भने,‘तिहार साँस्कृतिक पर्व हो, यो कामले व्यवसायिकरुपमा मात्र होइन, यो गौतमपथलाई चिनाउन पनि धेरै फाइदा पुगेको छ ।’ आफ्नो व्यवसाय यो अवधिमा तीन गुणा बढी भएको पनि उनले जानकारी दिए ।

भिडियो:

गौतमपथ व्ग्यवसायी परिवारद्धारा सोमबार आयोजित समापन समारोहमा प्रमुख अतिथिकोरुपमा नगर प्रमुख हर्कराज राई आएका थिए । यस्तै, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), स्थानीय एवं अग्रज व्यवसायी कुन्दन श्रेष्ठ, धिरज गुरुङ, पुर्ववडाअध्यक्ष रत्न कटवाल पनि बिशेष अतिथि रहेका थिए । कार्यपालिका सदस्य भाटीले गरेको कामहरुको प्रशंसा गर्दै सोही समारोहमा लायन्स इन्टरनेशनलकातर्फबाट धिरज गुरुङले दोस्रो दर्जाको उच्च अवार्ड प्रदान गरेर सम्मान पनि गरेका थिए । गौतमपथलाई चिनाउन भाटीले धेरै मेहनत र योगदान गरेको गुरुङले बताए । 

यसपाली तिहार झिलिमिली तथा साँस्कृतिक कार्यक्रमलाई लायन्स क्लब अफ धरान गौतमबुद्ध सहयोगी संस्थाकोरुपमा रहेको थियो भने बिशेष सहयोग धरान उपमहानगरपालिका रहेको थियो । कार्यक्रममा नगर प्रमुख राईसँगै पुर्ववडाअध्यक्ष रत्न कटवाल, लायन्सकोतर्फबाट धिरज गुरुङले पनि मन्तव्य व्यक्त गरेका थिए । यस्तै, समापन समारोहमा युनाइटेड डान्स एकेडेमीको देउसी कार्यक्रम पनि भएको थियो । 

gautam path9 copy

gautam path2 copy

gautam path7 copy

gautam path10 copy

gautam path3 copy

gautam path5 copy

gautam path4 copy