धरान: धरान जेसिज बर्ष २०२६ को लागि अध्यक्षमा सागर प्रसाईँ निवार्चित भएका छन् । 

उनी अध्यक्षमा निर्विरोध निवार्चित भएका हुन् । यस्तै, कार्यकारी उपाध्यक्षमा साहिल भुजेल र शुभम शाक्य चयन भएका छन् भने उपाध्यक्षहरुमा मिन्द्रा श्रेष्ठ, जोश साह र प्रेसिका निरौला निर्विरोध निवार्चित भएका छन् । 

अध्यक्षमा निवार्चित प्रसाईले अग्रजहरूको विश्वास, साथ र मार्गदर्शनले प्रेरणा मिलेको साथै उत्तरदायित्व वहन गर्न थप ऊर्जा दिएको बताए । उनले भने, 'सबैसँग मिलेर धरान जेसीजलाई अझ सशक्त र प्रभावकारी बनाउन प्रतिवद्धता व्यक्त गर्दछुँ ।' उनले युवाहरूलाई समाजमा जोड्दै युवा उद्यमशिलतामा जोड दिने र समुन्नतीको मार्ग कोर्ने लक्ष्य लिएको पनि प्रतिक्रिया दिए ।