धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बन्द रहेको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ ।

लामो समयदेखि बन्द रहेको फार्मेसी सेवा आज ९शुक्रबार० देखी सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ । नयाँ भवनमा रहेको फार्मेसी सेवा शुक्रबार उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्याक्ष प्रा.डा.सन्जिवकुमार शर्मा, रजिस्ट्रार प्रा.डा.सुर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले संयुक्तरुपमा सटर खोलेर सेवा सुचारू गरेका थिए ।

20251227_001727

 प्रतिष्ठानमा उपचारको लागी आउने विरामीहरुलाई सुलभ तथा सुपथ मुल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सेवा  सञ्चालनमा ल्याएको हो । यो फार्मेसीबाट नेपाल सरकारको स्वास्थ्य वीमामा आवद्ध व्यक्तिहरुलेसमेत नियम अनुसारको औषधि प्राप्त गर्न सक्ने प्रवक्ता प्रा.डा.अन्जु प्रधानले बताइन् ।