धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।

धरानका पुर्व प्रधानपन्च कृष्ण कुमार राईको निधनमा आज उपमहानगरपालिकामा शोक विदा दिएको हो । संविधान सभा सदस्य समेत रहेका राईको हिजो ८० बर्षको उमेरमा काठमाडौस्थित घरमा निधन भएको थियो । राई २०३५ देखि २०४१ सम्म धरानको प्रधानपन्च भएका थिए ।

राईको निधनमा नगर प्रमुख स्तरीय निर्णयबाट आज शोक विदा दिइएको उपमहानगरपालिकाले जनाएको छ । आज उपमहानगर कार्यालय, मातहतको स्वास्थ्य कार्यालय (अत्यावश्यक बाहेक), वडा कार्यालयहरु र शैक्षिक सस्थाहरु बन्दा रहने जनाएको छ ।

FB_IMG_1768190017247