धरान: धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षकोरुपमा कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले पदभार ग्रहण गरेका छन् । 

धरान वडा नं १३ स्थित बोर्डको कार्यालयमा अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख बेघा र बोर्डका सदस्य गोपाल श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । खानेपानी बोर्डको नियमावलीमा नगर प्रमुख पदेन सदस्य हुने व्यवस्था रहेको छ । नगर प्रमुख नै बोर्डको अध्यक्ष हुने विगतमा भएको निर्णय अनुसार निवार्चित भएर जनप्रतिनिधि आएपछि बोर्डको अध्यक्षकोरुपमा पदभार ग्रहण हुदै आएको छ । 

यस्तै, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष पनि पदेन सदस्य रहने व्यवस्था छ । सोही अनुसार संघका वर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पनि बोर्डको सदस्यकोरुपमा पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान नगर प्रमुख हर्क साम्पाङले शपथ खुवाएको बताइए पनि कार्यालय भने प्रवेश गरेका थिएनन् । 

khanepani board

बोर्ड अध्यक्ष बेघाले जनप्रतिनिधि र कर्मचारी सबैको मिशन जनतालाई खानेपानी खुवाउने मिशन भएकोले व्यवस्थितढंगले पानी वितरणमा लाग्न निर्देशन दिए । ‘आज परिचय गर्न मात्र आएको हुँ, तपाईहरुसँग विस्तृत छलफल पछि गर्छु । तपाईहरु र म दुवै सफल भयौं भने मात्रै नगर सफल हुने हो, त्यसैले निर्धक्कका साथ स्वाभिमानलाई उचो बनाउदै काम गर्नुस्,’ बेघाले भने,‘धराने जनतालाई पानी खुवाउने हाम्रो मिशन पुरा हुनुपर्छ ।’

khanepani board1

साथै बेघाले खानेपानी बोर्डबाट अन्यत्र पठाइएको कर्मचारीलाई तुरुन्त फिर्ता ल्याउन पनि बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई बेघाले निर्देशन दिए । ‘खानेपानी बोर्डभित्र रहेका कर्मचारीहरु कहिकतै पठाइएको छ भने तुरुन्त आजैको मितिदेखि कागजी प्रक्रिया शुरु गरेर ल्याउनुहोला । यहाँ ल्याएर के जिम्मा दिने हो दिनुहोला, आजै निर्देशन दिएँ,’ उनले भने । निवर्तमान बोर्ड अध्यक्ष हर्कराज राई (साम्पाङ)ले खानेपानी बोर्डका कर्मचारीहरुलाई श्रम सँस्कृति पार्कको टिकट काउन्टरमा खटाएका थिए । 

भिडियो: