धरान: सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वार जिताउन नेकपा एमालेले ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

नेकपा एमाले निर्वाचन क्षेत्र नं १ कमिटीले मंगलबार धरान १० स्थित सैनिक भवनमा वृहत कार्यक्रम गर्दै उक्त कमिटीको घोषणा गरेको हो । कमिटीको संयोजकमा पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी छन् भने सहसंयोजकमा प्रदीप भण्डारी रहेका छन् । 

यस्तै, समितिको हाई कमाण्डमा विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशिला पहाडी ढकाललगायत प्रदेश कमिटीका नेताहरु रहेका छन् । एमालेले आगामी फागुन २१ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा युवा नेता टिकाराम माङ्लेन लिम्बूलाई उम्मेद्वार बनाएको छ । 

मतदाताको शिर निहुरिने काम गर्दिन: उम्मेद्वार माङ्लेन

सुनसरी क्षेत्र नं १ मा नेकपा एमालेबाट उम्मेद्वार टिकाराम माङ्लेन लिम्बूले फागुन २१ को चुनाव देशको विकास, देशको समृद्धि हुनुपर्छ भन्ने र देशलाई तहसनहस गर्नुपर्छ भन्नेहरुबीच हुन लागेको बताएका छन् । 

tika

निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दे उम्मेद्वार लिम्बुले जनताको आशा र अपेक्षालाई पुरा गर्ने पनि बताए । साथै उनले एमालेको जित सुनिश्चित भएको र मतदाताको शिर निहुरिने काम आफुबाट नहुने पनि प्रतिवद्धता जनाए । ‘जनताको अपेक्षा, आशामा कदापी दाँयाबाया गर्ने छैन, तपाईहरुले दिनुभएको अमुल्य मत र तपाईहरुको शिर निहुरिन दिनेछैन,’ उनले भने,‘टिका माङ्लेनले अहिलेसम्म औला उठ्ने गरि गलत काम गरेको छैन, कदापी गर्ने छैन ।’

उम्मेद्वार माङ्लेनले सुनसरी १ मा चुनाव जित्ने र एमालेको किल्ला कायमै रहने पनि जिकिर गरे । २०६४ को संविधानसभा निर्वाचनबाहेक यो क्षेत्रबाट एमालेले सधै चुनाव जित्दै आएको छ । अघिल्लो चुनावमा भने जसपाका उम्मेद्वार अशोककुमार राईलाई एमालेले सघाएर जिताएको थियो । ‘चुनाव हामी जित्ने छौं, विजयी हुनेछौं, र हाम्रो किल्ला यथावत राख्नेछौं,’ उनले भने,‘अन्य दलहरुले पनि मलाई प्रोत्साहित गरिरहनुभएको छ, उर्जा दिइरहनुभएको छ । चुनाव जित्छौं ।’

uml cpn

 माङलेनले आफु १७ बर्षको उमेरमा महेन्द्र बहुमुखी क्याम्पस पढ्न आएको र त्यही बेलादेखि पार्टी नेतृत्वले डोर्याएर हालको अवस्थासम्म आइपुगेको पनि बताए । ‘धरान बुझेको मात्र होइन, बराहक्षेत्र र रामुधनीमा म पुगेको छ, बुझेको छुँ,’ उनले भने,‘देशको भाग्य र भविष्य नेकपा एमालेमा छ, युवाहरुको भविष्य एमालेमा छ, जनताको भविष्य, सर्वहारा वर्गको भविष्य एमालेमा छ । एमालेले रोजगारी, सुरक्षाको कुरा एमालेले मात्र गर्छ भनेर अघि बढेको हो ।’ 

उनले आफुले अहिलेसम्म भ्रष्टचार, ठेक्कापट्ठा वा कुनै पनि विवाद, काण्डमा नमुछिएकोले पनि जनताको सामुन्ने स्वच्छ छविको उम्मेद्वार भनेर जानसक्ने अवस्था रहेको बताए । ‘मैले न भ्रष्टचार गरे, न ठेक्कापट्ठा गरे । मलाई खोट लगाउन सक्ने गरि कुनै काम गरेको छैन, सामानयरुपमा नै जीवन अघि बढाइरहेको मान्छे हुँ । लोभलाचल केही गरिन,’ उनले भने,‘काण्ड मच्चाएको भए, पैसा छरेर अघि बढेको भए ममाथि प्रश्न उठ्थ्यो । तर त्यसो गरिन । यसमा मलाई गर्व पनि लाग्छ ।’

भिडियो:

भिडियो: