धरान: सुनसरी क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेद्वार रहेका सुजेन्द्र गोले तामाङले नयाँ पार्टी रोज्ने हो भने नेपाली कांग्रेस जतिको नयाँ पार्टी अर्को नभएको बताएका छन् । 

आफ्नो प्रतिवद्धता सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दे उम्मेद्वार तामाङले सबैभन्दा पछिल्लो समय नीति र नेतृत्व नै परिवर्तन गरेर जनतामाझ आएकोले कांग्रेस जतिको नयाँ पार्टी अरु नभएको जिकिर गरे । ‘नयाँ नै रोज्ने हो भने विचार र नेतृत्वको हिसाबले पछिल्लो समय बिशेष महाधिवेशन गरेर आएको नयाँ पार्टी कांग्रेस हो,’ उनले भने,‘सबैभन्दा पछिल्लो समय नीति र नेतृत्व परिवर्तन गरेर जनतामाझ आएको हो, कांग्रेस जतिको नयाँ अरु छैन ।’

तामाङले जेन जी पुस्ताको भावनालाई आत्मसात गर्दै बिशेष महाधिवृेशन मार्फत नीति र नेतृत्व परिवर्तन गरेर कांग्रेस मुलुककै सबैभन्दा नयाँ पार्टी र युवाहरुको पार्टीकोरुपमा जनतामाझ उभिएको बताए । ‘कांग्रेसले आसन्न निर्वाचनमा ६६ प्रतिशत भन्दा बढी युवा र नयाँ युवाहरुलाई अघि सारेको छ,’ उनले भने,‘युवा भन्दै गर्दा कच्चा उम्मेद्वार होइन, राजनीतिकरुपमा लामो योगदान गरेका सामाजिक अनुभव बटुलेका, सामाजिक राजीतिक रुपान्तरणको हरेक घटनाक्रममा नेतृत्वदायी भुमिका गरेका, कर्मठ, सक्षम युवाहरुलाई जनतासामु पाठएको छ, र जित हासिल गर्छ भन्ने विश्वस्त छ ।’ 

congress sunsari 1

उम्मेद्वार तामाङले नयाँ पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा उठाइरहेको प्रसंग उल्लेख गर्दै त्यसो भएमा मुलुकमा तानाशाही र निरंकुश प्रवृत्तिको उत्पत्ति हुने बताए । कांग्रेस स्थापनाकालदेखि नै निरंकुशता र तानाशाही विरुद्ध लड्दै आएको पनि उनले बताए । प्रत्यक्ष निवार्चित कार्यकारीको भावना अहिलेकै व्यवस्थाले सम्बोधन गरेको उनको तर्क थियो ।

‘अहिले पार्टीका उम्मेद्वारहरुले प्रधानमन्त्री घोषणा गरेर अघि बढेको अवस्था छ । कांग्रेसले पनि गगन थापालाई आधिकारिकरुपमा प्रधानमन्त्री घोषणा गरेर अघि बढेको छ,’ उनले भने,‘ त्यसैले यो निर्वाचनमा जनताले भावी प्रधानमन्त्री हेरेर आफ्नो मत जाहेर गदैछन्, त्यसैले अप्रत्यक्षरुपमा यो निर्वाचन प्रत्यक्ष निवार्चित कार्यकारीकै चुनाव भइरहेको छ ।’ उनले प्रधानमनत्रीको लागि घोषणा गरिएका पात्रहरुमध्ये सबैभन्दा अुनभवी, सक्षम, कर्मठ, देश र जनताप्रति जिम्मेवार, समर्पित व्यक्ति गगन थापा भएको उनले बताए । 

धरानका केही नेता र नेतृत्वले धर्म र जातको नाममा समुदायबीचमा लडाउने कुचेष्टा गरेको पनि उनले बताए । उनले आफु निवार्चित भएमा सबैलाई अभिभावकत्व भुमिका निर्वाह गरेर मिलाएर राख्ने र एकता अक्षुष्ण राख्ने पनि बताए । धरानमा जनताले माग राख्नै नपाउने, पत्रकारले लेख्नै नपाउने भएकोले लोकतन्त्र र स्वतन्त्रता हनन भएको पनि तामाङको भनाई थियो ।

sujendra goley

‘जनताले माग राख्यो भने, पत्रकारले समाचार लेख्यो भने आफ्नो पक्षमा भएन भनेर सार्वजनिकरुपमा गालीगलौज गरेर विस्थापित हुनुपर्ने अवस्था छ,’ उनले भने,‘मैले जितेमा कोही पत्रकार विस्थापित हुनुपदैन, कोही पनि पेशा, व्यवासयबाट विस्थापित हुनुपर्नेछैन । म असल अभिभावक र संरक्षक भएर काम गर्नेछु ।’

उनले विगतमा सुनसरी १ का जनताको आवाज सिंहदरबारसम्म पुग्न नसकेको र आफुले पहुँच स्थापित गर्ने बताए । यो क्षेत्रमा गौरवका योजनाहरु पनि विगतका जनप्रतिनिधिहरुले ल्याउन नसकेको भन्दै उनले भने, ‘म यो क्षेत्रको पहुँचलाई सिंहदरबारमा पुर्याउनेछु, प्रतिवद्धतामा जाहेर गरेका योजनाहरुलाई लागु गराउनेछुँ, ल्याउनेछु ।’ 

सुनसरी १ मा कांग्रेसले जितेर काम गर्ने अवसर अहिलेसम्म नपाएको उल्लेख गर्दै तामाङले पार्टीभित्र गुट र अन्तरघातको खेल अन्त्य भएकोले यसपटक जित हासिल गर्ने बताए । सुनसरी १ मा केही उम्मेद्वारहरुले सामाजिक सञ्जालमा भ्रमपुर्ण सामग्रीहरु प्रचारप्रसार गरेर आफ्नो मतदाताहरुको मनोविज्ञान बिगार्ने दुष्प्रयास गरिरहेको पनि उनले बताए ।

‘हामी मौलिकढंगले सभ्य, सालिन र तथ्यपरकढंगले निर्वाचन प्रचारप्रसार गरिरहका छौं । आचारसंहितालाई पुर्ण पालना गर्दे अभियान गरिरहेका छौं,’ उनले भने, ‘कतिपय उम्मेद्वारले आचारसंहिता उल्लंघन गरेर निर्वाचन आयोगबाट स्पष्टीकरण खाइरहेका छन् । हामी निर्वाचन आयोग र प्रचलित कानुनलाई पुर्णपालना गर्दे जनतालाई भ्रममा पारेर होइन, मन  मष्तिष्कलाई जितेर यथार्थकुरा भनेर हाम्रो पक्षमा परिणाम ल्याउने गरि काम गरिरहेका छौं ।’

भिडियो: