मोरङ: मोरङ प्रहरीले पेस्तोल, भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । 

मोरङको सुन्दरहरैचा नगरपालिका वडा २ बेलगाडीबाट प्रहरीले हतियारसहित २८ बर्षीय सिलास लिम्बु र वडा ३ का २९ बर्षीय प्रेमबहादुर गुरुङलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट मेड इन युएसए लेखिएको एक थान पेस्तोल, भरुवा बन्दुक जस्तो देखिने काठको हतियार एक थान र बायोफेङ देखिएको २ थान हेण्डसेट पनि वरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार सिलासको घरमा हतियार लुकाएर राखेको गोप्य सुचनाको आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो । हतियार र हेण्डसेट वरामद भएपछि प्रारम्भिक अनुसन्धानबाट ती हतियार प्रेमबहादुर गुरुङसँग लिएको वयान दिएपछि उनलाई पनि घरबाट नियन्त्रणमा लिएर बेलबारी प्रहरीले अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।