धरान: सशस्त्र प्रहरीले सुनसरीको गाउँपालिका ३,  जमुवा सीमा ईलाकाबाट एक भारतीयलाई अटोमेटिक पेस्तोल र ब्राउन सुगरसहित पक्राउ गरेको छ । 

निर्वाचन क्षेत्र सुरक्षा बेश निर्वाचन क्षेत्र नं. ४ (बि.ओ.पि. श्रीपुर) बाट सशस्त्र प्रहरी हवल्दार मन बहादुर न्यौपानेको कमाण्डमा खटिएको ३ जनाको चेक प्वाईन्ट ड्यूटी टोलीले आज (शुक्रबार) साँझ करिब ६ बजे हतियार र लागुऔषधसहित नियन्त्रणमा लिएको हो । हतियार र लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउदैँ गरेको बिआर ५० एजे ४२२९ नम्बरको अपाचे मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा भारतको अररिया जिल्ला, बेला ग्रामपंचायत ४ का ३६ बर्षीय राम खेलन पासवान पक्राउ परेका हुन् । 

चेकजाँ गर्न खोज्दा पासवान भाग्न खोजेको र उनलाई तत्कालै नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा अगाडी पट्टी कम्मरमा लुकाई राखेको ईटालियन ९ मि.मि. स्वचालित पेस्तोल एक थान वरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै, सोही पेस्तालको म्याग्जीन एक थान र लोड भएको अवस्थामा रहेको ३ थान पनि वरामद भएको छ ।

उनले लगाएको पाईन्टको दाहिना पकेटमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ एक प्याकेट (अन्दाजी १०० ग्राम) पनि फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । उनको साथबाट एउटा नाम नखुलेको लागुऔषध ६ वटा क्याप्सुल र निट्राजिपाम ५ ट्याब्लेट पनि वरामद भएको छ । साथै विभिन्न दरका नोट नेपाली ७ हजार ५  र भारतीय ९ हजार ३८० पनि वरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पासवानलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय ईनरुवा, सुनसरीमा बुझाएको छ ।