धरान: ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को नेट उपाधि आकाश दुलालले जितेका छन् ।
नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरी च्याप्टरको आयोजनामा धरान १८स्थित गल्फ कोर्समा सम्पन्न भएको प्रतियोगितामा ३९ नेट स्कोर गर्दै दुलालले प्रतियोगिताको उपाधि जितेका हुन् ।
यस्तै, समान ३६ नेट स्कोर गरेका प्रमोद राई दोस्रो र दिपक पोखरेल काउन्ट(ब्याकको आधारमा तेस्रो भएका थिए । प्रतियोगिताको ग्रस तर्फ ६९ स्कोर गर्दै सुन्दर राई प्रथम भएका थिए। प्रतियोगितामा महिलातर्फ ३६ स्कोर गर्दै आस्था दुलाल र सिनियरतर्फ ३३ स्कोरसहित बोमप्रसाद लिम्बू प्रथम भए ।
प्रतियोगितामा लङ्गेष्ट ड्राइभको पुरस्कार विवेक राईले जित्दा नियरेष्ट टु दि पिन नितेश गुप्ता र मोष्ट बर्डिज पदमहाङ्ग लिम्बूले जितेका थिए । धरान गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको समापन समारोह इटहरीस्थित सोल्टी वेस्टल्याण्डमा भएको थियो। एनवाइइएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १ सय ५० जना भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगिता भव्य र सफल भएको बताए ।







