धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । 

खसेको कुल मत ८७४७१ मध्ये साम्पाङले ३५७४१ मत पाउदै विजयी भएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । साम्पाङले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले २७२४९ मत पाए । साम्पाङले ८४९२ मतले तामाङलाई पछि पार्दै विजयी भएका हुन् । 

यसैगरि, नेकपा एमालेका उम्मेद्वार टिकाराम लिम्बूले ६४६३, नेपाली कम्युनिष्ट पार्टीका सुर्यबहादुर भट्टराई (मनोज)ले ६१८५, नेपाली कांग्रेसका सुजेन्द्र तामांगले ३९७० मत पाउदा राप्रपाका उद्धव श्रेष्ठले १४१९, उज्यालो नेपालका डम्बर लावतीले ५९०, जसपाका नगेन्द्रबहादुर लिम्बूले २०२, राष्ट्रिय साझा पार्टीका भुपी राईले १२५, संयुक्त नागरिक पार्टीका नरेश बिकले १२५ मत, सुवास बिकले १०७ मत पाएका छन् ।

भिडियो:

भिडियो: