धरान: आगामी शनिबार धरानमा ग्लोक्सी काठमाण्डौं एमेच्योर खुल्ला गल्फ प्रतियोगिता २०२६ आयोजना हुने भएको छ ।
ग्यालेक्सी काठमाण्डौंको प्रायोजन र धरान गल्फ क्लबको आयोजनामा धरान १८ स्थित गल्फ कोर्षमा प्रतियोगिता हुन लागेको हो । एक दिने प्रतियोगितामा धरान, इटहरी, विराटनगरका गरि करिब ५० जना एमेच्योर खेलाडीहरु सहभागी हुने अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष हरिबहादुर राईले जानकारी दिए ।
प्रतियोगितामा विजेताहरुलाई खेलाडीको लागि आवश्यक पर्ने छाता, ब्याग, बल, पञ्जालगायत खेल सामग्रीहरु पुरस्कार दिइने पनि आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ग्रस विजेता, नेट विजेता, नेट उपविजेता, नेट फष्ट रनरअप, सिनियर विजेता, जुनियर विजेता, महिला विजेता, लङ्गेष्ट ड्राइभ, नियरेष्ट टु दि पिन र मोष्ट बर्डिजको पुरस्कार दिइने पनि आयोजकले जनाएको छ । ग्रस विजेता र नेट विजेतालाई ३० हजार ५ सय बराबरको ब्याग र गल्फ पञ्जा दिइने प्रोफेस्नल खेलाडी मणि राईले जानकारी दिए ।

नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राईले खेलाडीहरुलाई उपयोगी हुने खेल सामग्रीहरु पुरस्कार दिइने भएपछि खेलाडीहरु उत्साहित भएको बताए । ती सामग्रीहरु कलकत्ताबाट खरीद गरिएकोले राम्रो सामान आएको र शनिबार हुने प्रतियोगितामा सबै खेलाडीहरु सहभागी हुन उनले आग्रह पनि गरे ।
प्रायोजक ग्यालेक्सी काठमाण्डौंले प्रतियोगिता आयोजना गर्न यो बर्ष २ लाख रुपैया उपलब्ध गराएको पनि आयोजक क्लबले जानकारी दिएको छ । यो बर्ष सफलतापुर्वक आयोजना भए आगामी बर्षहरुमा पनि ग्यालेक्सी काठमाण्डौंले प्रायोजनमा निरन्तरता दिने भएको धरान गल्फ क्लबले जनाएको छ ।
भिडियो:





