धरान : गोर्खा सेमेट्रीज ट्रस्ट नेपालको आयोजनामा धरानमा ‘चौथो गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता’ आयोजना हुने भएको छ।

संस्थाले पत्रकार सम्मेलन गर्दै चैत १४ गते शनिबार बिहान दौड हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १८ स्थित रत्न चोकबाट सुरु भई वडा नम्बर २० स्थित विष्णुपादुका भञ्ज्याङसम्म सञ्चालन हुनेछ। यो दौडको दुरी करिब ९ किलोमिटर रहेको छ । 

प्रतियोगिताको उद्घाटन वडा नम्बर १८ का अध्यक्ष नरेन्द्र कुमार राई ९प्रविण०ले गर्ने कार्यक्रम रहेको छ भने समापन कार्यक्रममा वडा नम्बर २० का अध्यक्ष पदम बहादुर लिम्बुको सहभागिता रहने  आयोजकले जनाएको छ । 

20260326_205305

संस्थाका अध्यक्ष  महेन्द्र कुमार राईका अनुसार प्रतियोगितामा करिब ६ सय बढि खेलाडीहरूको सहभागिता रहने छ । दौड प्रतियोगिताको खुल्ला तर्फ प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद, मेडल र प्रमाणपत्र पाउने छ भने भेट्रन तर्फ प्रथमले ५ हजार , दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार नगद, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। 

विश्व शान्तिका लागि प्रथम, दोस्रो  र विभिन्न युद्धमा ज्यान गुमाएका वीर गोर्खालीहरूको सम्झना तथा सम्मानका साथै धरानको पर्यटन प्रवर्द्धन, नागरिक स्वास्थ्य र खेलकुद विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।