धरान : प्रदेश नं १ को मुख्यमन्त्री नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की हुने भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाले पनि समर्थन गरेपछि कार्की मुख्यमन्त्री हुने निश्चित भएको हो । आज दिउँसो ४ दलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा कार्कीलाई समर्थन रहेको उल्लेख गर्दै ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा अन्य ६ जना प्रतिस्पर्धी पुरुषहरुलाई हराउदै कविता ढकाल विजयी भएका छन् । प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) ले आधिकारिकता प्रदान गरेपछिको पहिलो निर्वाचनमा ढकालले ६ जना पुरुषहरुलाई हराउदै अध्यक्षमा जित हासिल गरेकी ह ...
धरान: गत बैशाखमा स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयर हर्क साम्पाङ विजयी हुँदा एमालेबाट प्रत्यासी मञ्जु भण्डारी तेस्रो भएकी थिइन् । उक्त निर्वाचन परिणाम पछिको ९ महिनामा मेयर साम्पाङ र एमाले पार्टीबीच सम्बन्ध सुमधुर हुन सकेन । अझ बराह सहकारी संघर्ष समितिको आन्दोलनको क्रममा मेयरको कार्यकक्षमा ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरान उत्सवको लागि अपुग बजेट आगामी नगरसभाबाट संशोधन हुने गरि विभिन्न कार्यक्रमबाट खर्च गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले धरान डे (धरान उत्सव) मनाउने खर्च व्यवस्थापन सम्बन्धी एजेण्डामा यस्तो निर्णय गरेको हो । पर्यटन शाखाबाट पेश ...
धरान: निर्माण सम्पन्न हुने क्रममा रहेको धरानका विभिन्न सडकहरुको उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा सोमबार स्थलगत अनुगमन गरिएको छ । उपमेयर बेघासँगै जिल्ला समन्वय समितिका सदस्यहरु, कार्यपालिका सदस्य सावित्री परियार, इञ्जिनियर सुरज श्रेष्ठ, वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोसहितको टोलीले अ ...
धरान: किरात राई यायोक्खा वडा कार्यसमिति धरान १३ को अध्यक्षमा दोस्रो पटक सिर्पाल राई सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सुर्यस्वस्तिका मार्गस्थित संस्थाको आफ्नै भवनमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष राई सर्वसम्मत दोहोरिएका हुन् । अधिवेशनले उनको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको ...
विराटनगर: केन्द्रमा नयाँ सत्ता समिकरण बनेसँगै प्रदेश नं १ को पनि समिकरण फेरिएको छ । नेपाली कांग्रेस प्रतिपक्षी बेञ्चमा पुग्दा मुख्यमन्त्री को हुने भन्ने दौडमा एमाले र माओवादी दुवैको दाबी छ । यद्यपी, केन्द्रमा कुन दलले कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्नेमा औपचारिकरुपमा सहमति जुट्न बाँकी नै छ ...
धरान: गत असोज १३ गतेको कार्यपालिका बैठक नै भाँडिने गरि प्रस्ताव भएको धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने एजेण्डा सोमबार पनि प्रस्तुत गरिएको थियो । झण्डै तीन महिना रोकिएर सोमबार सौहार्दपुर्णरुपमा भएको बैठकको एजेण्डामा ११ औं बुँदामा यो प्रस्ताव गरिएको थियो । बैठकमा यो एजेण ...
धरान: माया धराने साबुन उद्योग विरुद्ध उच्च अदालतबाट स्टे अर्डर ल्याए पछि वन कार्यालय र स्थानीय सरकार प्रमुख मेयर हर्क साम्पाङबीचको द्धन्द चर्कदै गएको छ। धरान २० मा साबुन उद्योग निर्माणस्थलबारे वन र उपमहानगरपालिकाको विवाद अदालतमा पुगेर उपमहानगरविरुद्ध स्टे अर्डर जारी भएपछि थप चर्किएको हो । स्टे ...
धरान: करिब ३ महिना पछि आज (सोमबार) धरानको कार्यपालिका बैठक सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ । गत असोज १३ गते भाँडिएको बैठक त्यसपछि पनि लगातार ३ पटक आह्वान भएर पनि बस्न सकेको थिएन । मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच सम्बन्ध चिसिदै जादा समग्र धरानको विकासमा दुरगामी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित