हङकङ : नेप्लजि आर्ट एण्ड इण्टरटेन्टमेन्ट कम्युनिटी हङकङको आयोजनामा अक्टुबर १८ आइतबारको दनि दशैं तिहार फेस्ट २०८३ भव्य रुपमा सम्पन्न भएको छ ।  

        ‘एक भइ हातमा हात मिलाएर पुन: निर्माण र परिवर्तन सहभागी हौ’ नाराका साथ रसुवाको भोटेकोसीमा भदौ १० गते आएको बाढीले पडिति भएकाहरुको  सहयोगार्थ कार्यक्रमको आयोजना गरएिको थयिो ।  हङकङको जोर्डन स्थति एभरेस्ट रेष्टुरेन्टको हलमा सम्पन्न कार्यक्रममा हङकङमा रहेका नेपाली कलाकारहरुको मात्र प्रस्तुती रहेको थयिो ।

           यसै वर्ष मात्र स्थापना भएको सस्थाको यो पिलो कार्यक्रम रहेको सस्थाका अध्यक्ष सेनसि गुरुङले बताएको छ । सात जनाको कार्यसमिति रहेको  सस्थाको उद्देश्य हङकङेली नेपालीहरुमा रहेको क्षमता अभिबृद्दी तथा उनीहरुमा भएको क्षमतालाइ प्रफुटन गर्दै सामाजकि काम गर्ने रहेको अध्यक्ष गुरुङले बताए ।  क्षमता भएका धेरै हङकङेली नेपालीहरु भए पनि अवसर नपाउदा त्यसै हराएर गएको गुरुङले बताए । हाम्रो उद्देश्य भनेकै उनीहरुको क्षमता उजागार गर्ने साथै सम्भावना भएकाहरुलाइ प्रोत्साहन गर्ने रहेको बताए । 

यो पहिलो कार्यक्रममा  साङ्गीतिक तर्फको युवाहरु मात्र समेटिए पनि सस्थाले सबै क्षेत्रका क्षमता भएकाहरुलाइ प्रोत्साहन गर्ने तथा समेटने रहेको छ । 

आइतबार सम्पन्न कार्यक्रममा  पाच सय जना भन्दा बढीको सहभागतिा रहेको थियो । कार्यक्रमा हङकङेली नेपालीहरुको ब्यण्ड अशान्त एण्ड साजन , उत्पत्ति द मेल रकले प्रस्तुती दिएका थिए । त्यसैगरी, नेपाली द्वारा संचालतित ग्यालेक्सी डान्स स्टुडियो, सिभाईन डान्स स्टुडियो र संयुक्त डान्स सेन्टरका कलाकारहरु प्रस्तुती दिएका थिए । 

कार्यक्रम बाट उठेको रकम भोटेकोशी प्रधानमन्त्री राहत कोषमा जम्मा गरदिने अध्यक्ष गुरुङले जानकारी गराए ।  जानकारीमा आए अनुसार बाढीले एक खर्व भन्दा माथिको  भौतिक पुर्वाधार क्षती भएको साथै अहले सम्म १ हजार चार सय पचास जनाले ज्यान गुमाइसकेको छ भने ५ हजार भन्दा बढी अझै बेपत्त रहेको छ । 

 कार्यक्रममा धरान हङकङ मन्चका अध्यक्ष संजोक राई, बास्केटबलका पुर्व राष्ट्रयि प्रशक्षिक एवं धरान हङकङ मन्चका सचिव बिकास चाम्लङि राई, धरान युथ एशोसएिसनका अध्यक्ष अमोद तुलाधर,  युवा नेता अर्जुन लम्बिू, युवा नेता तथा मन्चका सदस्य आबष्किार लिम्बु बिशेष अतथिकिो रुपमा उपस्थिति रहेको थियो ।

तस्वीर : बिकास चाम्लिङ राई