धरान: स्वदेशी फुलको उत्पादन प्रोत्साहन तथा बजारीकरण गर्ने उद्देश्यले धरानमा ५ दिने चौथो प्रदेश १ स्तरीय पुष्प व्यापार तथा प्रर्दशनी मेला शुरु भएको छ ।

धरान १२ स्थित पब्लिक माविको मैदानमा आयोजित मेलाको उद्घाटन एक समारोहबीच प्रदेश १ का भुमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरेका थिए । उनले फुलमा पानी हालेर मेलाको उद्घाटन गरे । मेला फ्लोरिकल्चर एशोसिएशन नेपाल सुनसरीले ‘घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फुल बिरुवा बनाऔं प्रदेश हराभरा’ भन्ने नाराको आयोजना गरेको हो । फागुन ४ गतेसम्म हुने मेलामा ७० लाख बढीको कारोबार हुने अपेक्षा आयोजकको छ ।

मेलामा सिजनल(मौषमी)फुल, आलंकारिक विरुवा, सुनाखरीलगायत विभिन्न ५ सय भन्दा बढी प्रजातिको फुल तथा फलफुलहरुको विरुवा बिक्री तथा प्रर्दशनीमा राखिएको छ । पब्लिक माविको मैदान यतिबेला फुलले चिटिक्क सिंगारिएको छ । प्रतिगोटा ३० रुपैयाँदेखी ५० हजारसम्मको फुल तथा आलाङकारिक बोटविरुवाहरु बिक्रीमा छन् । यसबाहेक, फुल तथा फलफुलको विरुवाबाहेक विउ विजन, कृषि औजार, उपकरण, कम्पोष्ट मल, कृषिमा प्रयोग हुने बिषादीहरुको पनि प्रर्दशनी र बिक्रीमा राखिएको छ ।

flowwer2

मेलामा पथरीमा उत्पादन गरिएको सेरामिक गमला पनि बिशेष आर्कषण रहेको छ । मेलामा उत्कृष्ट स्टलको पुरस्कार क्रमशः एञ्जेलिया नर्सरी, क्यामेलिया नर्सरी र न्यु रितु नर्सरीले प्रथम, दोस्रो, तेस्रो पुरस्कार जित्यो भने उत्कृष्ट आलंकारिकको पुरस्कार हाम्रो गार्डेनले पायो । यस्तै, उत्कृष्ट फुल्ने विरुवा र उत्कृष्ट मौषमी फुलको पुरस्कार पवित्रा नर्सरीले जित्यो ।

आयोजक संस्थाका अध्यक्ष खगेन्द्र पोख्रेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि एवं राज्यमन्त्री मगर, आयोजक संस्थाका केन्द्रीय अध्यक्ष कुमार कसजु, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, बेलका नगरका मेयर दुर्गा थापा(स्वास्ती)लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले सरकारले पुष्प खेती तथा व्यवसायको प्रर्वद्धनमा ध्यान दिनुपर्नेमा जोडदिएका थिए ।

flower8 flower6 flower10 flower22 flower3 flower25 flower7 flower4 flower9 flower5

flower11