धरान: झापाको विर्तामोडमा सम्पन्न टावर टेम्पल विद्यालय स्तरीय बास्केटवल च्याम्पियनसिपमा धरानको डिपो स्कुलले उपाधि जितेको छ ।

प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा डिपोले आयोकज टावर टेम्पललाई २४–२० अंकको अन्तरले हराउदै उपाधि जितेको हो । प्रत्येक क्वाटरमा डिपो र टावर टेम्पल स्कुलले ८–६, ४–६, २–२ र १०–६ स्कोर गरेको थियो । डिपोकये जितमा योगेश राईले व्यक्तिगत १६ स्कोर गरेका थिए । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं विर्तामोड नगरका खेयर ध्रुवकुमार सिवाकोटी, विद्यालयका संस्थापक अध्यक्ष नरेशमान धिमाल, प्रदेश १ का राष्ट्रिय बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, झापा बास्केटवल संघका अध्यष प्रकाश लिम्बुलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाएका थिए । आयोजक टावर टेम्पल स्कुलले आफ्नो २३ औ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता माघ २२ गतेदेखि २९ गतेसम्म भएको थियो । प्रतियोगितामा आयोजक टावर टेम्पल, डिपो स्कुल धरान, तारा पुञ्ज काकडभिट्टा, लिटल फ्लावर, वाल्मिकि स्कुल र देवी माविसहित ६ वटा विद्यालयले सहभागिता जनाएको थियो ।