धरान : धरान बास्केटवल संघले गएको १३ औं सागमा नेपालको लागि पदक विजेता राष्ट्रिय टिमका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ ।

संघले होटल सन्ध्यान इनमा एक कार्यक्रम आयोजना गरी प्रशिक्षक विकास चाम्लिङ राई र खेलाडी डा.आशा राईलाई सम्मान गरेको हो । उनीहरुलाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो । प्रशिक्षक राईले थ्री अन थ्रीमा काँस्य पदक जितेका थिए भने खेलाडी डा.राईले रजत पदक जितेकी थिइन् । उनीहरुलाई आयोजक संघका अध्यक्ष सुरज लामा र प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मान पत्रले सम्मान गरेका थिए ।

यसैगरि, संघले सागमा अफिसियल रहेका शिशिर पोख्रेललाई पनि सम्मान गरेको थियो । यसअघि उमेर समुहमा नेपालको राष्ट्रिय टिममा पर्न सफल भएर अन्र्तराष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका वैभव योगी र रवि बास्फोरलाई पनि संघले सम्मान गरेको छ । योगी सन् २०१९ मा नेपालको यु १६ राष्ट्रिय टोलीमा छनौट भएर वंगलादेशमा प्रतियोगिता खेल्न गएका थिए भने बास्फोर सन् २०१० मा नेपालको यु १८ राष्ट्रिय टिममा छनौट भएर भारतको वंैङ्लोरमा प्रतियोगिता खेल्न गएका थिए । उनीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

basket

कार्यक्रमका प्रमुख अतिथि एवं सभामुख भण्डारीले खेलकुदले राष्ट्रलाई नै विश्व सामु चिनाउने धारणा राखे । प्रदेश सरकारले धरानलाई खेलकुदको राजधानी बनाउने लक्ष्य राखेर नै खेलग्रामको अवधारणा अनुसार बजेट ५ करोड विनियोजना गरेको पनि सभामुख भण्डारीले जानकारी दिए । हिसानका उपाध्यक्ष तथा डिपोट माविका प्राचार्य राजकुमार कार्कीले खेलकुदले स्वास्थ्यलाई मात्र नभै अध्ययन र व्यक्तित्व विकासमा पनि लाभ पुग्ने बताए । कार्यक्रममा एन्फा प्रदेश नं १ का सचिव नविन राई, सम्मानित प्रशिक्षक विकास चाम्लिङ राई, संघका अध्यक्ष सुरजकुमार लामाले पनि सम्बोधन गरेका थिए ।

basketball basketball1