धरान: आज महाशिवरात्रि । देशभरका शिवालयहरुमा हिन्दु आराध्य देव महादेवको पूजाआराधाना भइरहेको छ ।

शिवरात्रिकै अवसरमा आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा पनि भक्तजनहरुको घुँइचो छ । पिण्डेश्वरमा सर्वसाधारण भक्तजन, साधुसन्त तथा भिख माग्नेहरुको बिहानैदेखिको भीड छ । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार आज बिहान ४ बजेदेखि नै भक्तजनहरु दर्जन गर्न आएका थिए । दिउँसो २ बजेसम्म हजारौं भक्तजनहरुले पिण्डेश्वर महादेवको दर्शन गरिसकेको अध्यक्ष वनेपालीले जानकारी दिए ।

pindeswor10

पिण्डेश्वरमा दर्जन गर्न धराबाहिरका विभिन्न जिल्ला र भारतको खासगरी विहारबाट पनि भक्तजनहरु आएका छन् । बाबाधाम समितिले मन्दिर परिसरमा लघु रुद्री पूजा आयोजना गरेको छ भने साँझ ६ बजे लाख बत्ति बाल्ने पनि जनाएको छ । भक्तजनहरुलाई समितिले निःशुल्क प्रसादकोरुपमा हलुवा र मालपुवा पनि वितरण गरिरहेको छ ।

pindeswor15

 

pindeswor7

pindeswor-1 pindeswor2 pindeswor5 pindeswor11 pindeswor3 pindeswor6 pindeswor8 pindeswor13 pindeswor12 pindeswor14 pindeswor16 pindeswor9