धरान : गणित शिक्षा परिषद सुनसरीले आयोजना गरेको धरान नगरस्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगितामा विष्णु मेमोरियल सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ ।
मंसिर ७ गते सोमबार धरान ८ स्थित सहिद स्मृति माविमा सम्पन्न भएको उक्त हाजिरी जवाफमा कक्षा ९ र १० का दुई विद्यार्थी सहभागी थिए । प्रतियोगितामा २० भन्दा बढी निजी तथा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा विष्णु स्कुलबाट कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू कृतिक पौडेल र सुतप भण्डारी सहभागी रहेका थिए । प्रथम भएको विष्णुका विद्यार्थीद्वयले केही समय पछि आयोजना हुने जिल्ला स्तरीय प्रतियोगितामा धरानको प्रतिनिधित्व गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्