धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)को १ नम्बर प्रदेश समितिले आयोजना गरेको एक हप्ते एन्फा रेफ्री प्रशिक्षण सम्पन्न भएको छ ।

फागुन ५ गतेदेखि आयोजना भएको प्रशिक्षणका सहभागीहरुलाई आज(आइतबार) प्रमाण पत्र र एन्फा रेफ्री ब्याच विरतण गरिएको थियो । प्रशिक्षणमा १ नम्बर प्रदेशको ओखलढुंगाबाहेक १३ जिल्लाका सहभागीहरु थिए । कुल ५८ जना सहभागीहरु मध्ये ५१ जनाले रेफ्री ब्याच पाएका छन् । अरु फिटनेसमा अनुतिर्ण भएको आयोजक एन्फा प्रदेश १ समितिले जनाएको छ ।

सहभागी तथा उतीर्णहरुलाई समापन समारोहका प्रमुख अतिथि एवं एन्फा केन्द्रीय वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले प्रमाणपत्र तथा ब्याच विरतण गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले रेफ्री हुनलाई फिटनेसमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे । साथै उनले मैदानमा प्रवेश गर्दा आत्मविश्वास र अठोटका साथ जान आग्रह गर्दै रेफ्री ब्याचप्रतिको विश्वासलाई टुट्न नदिन पनि आग्रह गरे । ‘रेफ्री ब्याच विश्वास र अधिकार हो, विश्वास टुट्न दिनु हुदैन र अधिकारको दुरुपयोग पनि गर्नुहुन्न,’उनले भने,‘खेलको नियमको सधै सम्मान गर्नुहुनेछ ।’

 एन्फा प्रदेश नं १ अध्यक्ष किसोर राईले रेफ्री ब्याच पाएका प्रशिक्षार्थीहरुलाई खेल खेलाउने कलात्मक शैलीको विकास गर्न आग्रह गरे । उनले विश्वकपमा पनि रेफ्रीले नै निर्णय दिने भएकोले रेफ्री महत्वपुर्ण जिम्मेवारी भएको बताए । ‘फुटवलमा राम्रो र नराम्रो बनाउने जिम्मेवारी रेफ्रीमा नै हुन्छ । तपाईहरुले कलात्मक शैली विकास गर्नुपर्छ,’उनले भने । प्रशिक्षणबाट ब्याच पाएका ५१ जनाले अब नेपालको जुनै प्रतियोगिता पनि खेलाउन सक्ने एन्फाले जनाएको छ । उनीहरुलाई फिफा रेफ्री किरण गिरी, सुरेन्द्र सिखाकार, सुदेश पाण्डे, मदुसुधन खनाल र एन्फा रेफ्री वलिदान राईले प्रशिक्षण दिएका थिए ।

 anfa-refr anfa- refree-anfa anfa-refy anfa-ref1 anfa-refre1 Anfa-refree, refre-anfa