धरान: आज ८ मार्च अर्थात ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस । विगतमा आजको दिन महिला संघसंगठनहरुले भव्यरुपमा कार्यक्रम गरेर मनाउथे । धरानमा पनि राजनीतिक दलका महिला संगठन र महिला सञ्जाल धरानले छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्थे ।

आज भने धरानमा महिलाहरुले ठुला सभा तथा कार्यक्रम गरेनन् । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना(कोभिड १९)को कारण ८ मार्च पनि प्रभावित भयो । सबै तयारी भइसकेको थियो, तर सरकारले ठुला सभा, सम्मेलन नगर्न आह्वान गरेपछि सबै कार्यक्रम स्थगित भयो । आज ८ मार्चमा वृहत सभा नगरेपनि महिला सञ्जाल धरान उपमहानगर कमिटिले कोरोनाकै बारेमा जनचेतनामुलक कार्यक्रम भने सम्पन्न गर्यो । सञ्जालका पदाधिकारीहरु भानुचोकमा भेला भए, र कोरोनाबारे जनचेतनामुलक पर्चा वितरण गरे । उनीहरुले पैदल यात्रीलाई मात्र होइन, लामो यात्राको लागि गाडीमा रहेका यात्रुहरुलाई पनि पर्चा वितरण गरेका थिए ।

सञ्जालको यो अभियानलाई इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले पनि साथ दिएका थिए । उनी पनि भानुचोकमा पैदल यात्रीहरुलाई पर्चा वितरण गर्दै कोरोनाबाट जोगिन आग्रह गरे । सञ्जालकी अध्यक्ष सविता राईले कोरोना भाइरसको कारण ठुला कार्यक्रम नगरिएको उल्लेख गर्दै कोरोना भाइरसबारे जनचेतनामुलक पर्चा वितरण गरिएको बताइन् । ‘कोरोना भाइरसले गर्दा सरकारले ठुला सभा, सम्मेलन नगर्न भनेकोले त्यसलाई पनि आत्मसात गर्दै हामीले आज कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रम मात्र गरेका हांै,’उनले भनिन्,‘पर्चामा कोरोना के हो ? कसरी बच्ने भनेर पर्चामा लेखिएको छ ।’
mahila-sanjal4 mahila2 mahila1 mahila-sanjal3 1 mahila-sanjal1 1 mahila-sanjal4 1 mahila-sanjal-8 mahila-sanjal 1 mahila

sanjal