इटहरी: कोरोना भाइरसको कारण बजारमा ग्याँस र माक्स अभाव भएको गुनासो आए पछि इटहरी उपमहानगरले बजार अनुगमन गरेको छ ।

उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा आज बुधबार वजार अनुगमन भएको हो । अनुगमन टोलीले विभिन्न सात वटा ग्याँस डिलरको अनुगमन गरेको थियो । ती मध्ये २ वटामा ग्याँस सकिएको भेटिएको थियो भने एउटामा पसल वाहिर खाली तर भित्र भरिएका सिलिण्डर राखेकये भेटिएको थियो । अरु चार वटामा ग्याँस वितरण भइरहेको अवस्थामा भेटिएको उपप्रमुख गौतमले बताइन् ।

यस्तै, तीन वटा औषधी पसल अनुगमन गर्दा माक्सको अभाव देखिएको अनुगमन टोलीले जनाएको छ । मास्कको अभाव देखिदा उपमहानगर आफैले माक्स उत्पादन गर्ने बारेमा सल्लाह गर्ने उपमेयर गौतमले बताइन् । बजार अनुगमनका क्रममा वाहिरै राखेर ग्याँस विक्रि गरिरहेका डिलरहरुलाई धन्यवाद दिदै उनले अन्य डिलरहरुलाई पनि ग्याँस बाहिरै देख्ने गरि राखेर बिक्री गर्न निर्देशन दिएकी थिइन् ।

itari-bajar

ग्याँस डिलरहरुले माग अनुसार उद्योगबाट नै ग्याँस नआएको गुनासो पोखे । उपभोक्ताहरुले घरमा संचित गरेर राख्न एक भन्दा बढी ग्याँस सिलिण्डर लिन थालेपछि अभाव जस्तो देखिएको उनीहरुको भनाई थियो । इटहरी उपमहानगरले वजार अनुगमनलाई निरन्तरता दिने उपप्रमुख गौतमको भनाई छ । इटहरी उपमहानगरले महिनाको २ पटक सम्म नियमित अनुगमन समेत गर्दै आएको छ ।