विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई विरामीलाई कोशी अञ्चल अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ ।

रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएकोले थप उपचारको लागि वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्रले पुष्टि गरेको समाचार बाह्रखरीले प्रकाशन गरेको छ ।

यता, वीपी प्रतिष्ठानले भने विराटनगरबाट रेफर गरिएको विरामीसँग सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ । प्रतिष्ठानको कोरोना र्यापिड रेस्पोन्स टिमका सदस्य तथा इर्मेजेन्सी इञ्चार्ज प्रा.डा.ज्ञानेन्द्र मल्लले भने,'हामीले पनि सुन्यौं, र सम्पर्क गर्ने प्रयास गरिरहेका छौं ।'