धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट धरानबासीहरुलाई जोगाउनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले ह्याण्ड सेनिटाइजर उत्पादन थालेको छ ।

धरान उपमहानगरपालिकासँग सहकार्य गरेरर क्याम्पसको माइक्रोबायोलोजी विभागले आज मंगलबारदेखि सेनिटाइजर उत्पादन थालेको हो । पहिलो चरणमा मंगलबार एक सय लिटर सेनिटाइजर उत्पादन गरिएको माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन लिम्बुले जानकारी दिए । उनका अनुसार बुधबार थप ५० लिटर उत्पादन हुनेछ भने बाँकी ५० लिटर उपमहानगरपालिकाले तोकेको ५ स्थानमा गएर स्थानीय सरोकारवालाहरुलाई सिकाइने उनले बताए ।

hand-senitizar1

ह्याण्ड सेनिटाइजर उत्पादन गर्न उपमहानगरपालिकाले आवश्यक सामग्री उपलब्ध गराएपछि क्याम्पसले आफ्नो प्रविधि(ल्याब) र जनशक्ति सदुपयोग गरेर उत्पादन थालेको क्याम्पसका निमित्त प्रमुख डा.दिलकुमार लिम्बुले बताए । ‘नगरपालिकाले सामग्रीहरु प्रदान गर्यो, हामीले प्रविधि र जनशक्ति क्याम्पसको उपयोग गर्यौं,’उनले भने,‘माइक्रोवायोलोजी विभागको जनशक्ति, अध्ययनरत विद्यार्थीहरुको सहभागिता छ ।’

उनले क्याम्पसको स्वयत्ततामा गएपछि सामाजिक कार्य गर्नुपर्छ भन्ने मान्यता अनुसार कोरोनाले संकट निम्त्याएको बेला सेनिटाइजर उत्पादन गरिएको हो । उपमहानगरले २ सय लिटर उत्पादन गर्ने लक्ष्य राखेको छ । पहिलो चरणमा धरानलाई ५ क्षेत्रमा विभाजन गरेर सामाजिक संघसंस्थाका अगुवाहरुलाई सेनिटाइजर उत्पादन प्रशिक्षण दिइने उपमहानगरले जनाएको छ ।

senitizar senitaizar1 hand-senitizar